सृजना मा.वि.का छात्राहरू पुरस्कृत
पाेखरा | असार ३१, २०८१
पोखरा: पोखरा सृजनाचोक स्थित सृजना सेकेन्डरी स्कुलको कक्षा ८ मा अध्ययनरत प्रतिभावान छात्राहरू राजश्री अधिकारी र सक्रिया पोखेल राष्ट्रिय खेलकुद प्रतियोगितामा बिजेता भई पुरस्कृत भएका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिबार एक कार्यक्रम आयोजना गरी गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता १७८ जना खेलाडीहरुलाई पुरस्कृत गरेको थियो ।
यसै क्रममा सृजना सेकेन्डरी स्कुलका छात्राद्वय राजश्री अधिकारी र सक्रिया पोखेल नगद पुरस्कारसहित प्रशंसा पत्रद्वारा सम्मानित भएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद र गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा सञ्चालित यु–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता–२०८० मा गण्डकी प्रदेशको तर्फबाट टेबलटेनिस खेल प्रतियोगितामा सहभागी भएर तृतीय स्थान हासिल गरी कास्यपदक प्राप्त गर्न सफल भएकोमा गण्डकी प्रदेश खेलकुद परिषदले बिजेता खेलाडीहरुलाई पुरस्कृत गरेको हो ।
सृजना सेकेन्डरी स्कुलका प्रतिभावान छात्राहरू राजश्री अधिकारी र सक्रिया पोख्रेल यु–१५ टेबुलटेनिस प्रतियोगितामा गण्डकी प्रदेश प्रथम भई यस अघि पनि पुरस्कार र प्रशंसापत्रद्वारा सम्मानित भएका थिए ।
रामेछाप: उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गर्नुभएको छ । मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं का...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८ औँ हिसान स्पोटर््स मिटको उपाधि प्रतिभा माविले जितेको छ । पोखरा रंगशालामा सोमबार सम्पन्न प्रतियोगितामा प्र...
काठमाडौं: प्रतिनिधि सभा सदस्य निर्वाचन समयमै हुनेमा नागरिक अगुवाहरुले आशंक व्यक्त गरेका छन् । सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय वार्ताका क्रममा आफ्ना धारणा राख्द...

